काठमाडौं, बैशाख-५ ।
राष्ट्रपति कार्यालयले महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विशेष परिस्थिति उत्पन्न भएकोले यस कार्यालयको लागि चालु आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न शीर्षक अन्तर्गत विनियोजित बजेट मध्येबाट रु. ९ करोड ५० लाख रकम नेपाल सरकारलाई फिर्ता गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिएका छन्।