काठमाडौं, बैशाख-५ ।
प्रधानमन्त्री केपी ओली पैदल घर जान हिँडेकाहरुको बारे के गर्ने भनेर अहिले प्रधानमन्त्री कार्यालय बालुवाटारमा मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समन्वय समितिका सदस्यहरूसँग बैठक गरिरहेका छन्।
स्रोतका अनुसार आजै सिंहदरबारमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले पैदल घर जान हिँडेकाहरुलाई अहिले जहाँ छन् त्यहीँ खानबस्नको व्यवस्था गरी राख्ने वा घर जान चाहनेलाई सुरक्षा व्यवस्था गरी जिल्ला सदरमुकामसम्म पुर्याउने र त्यहाँबाट स्थानीय तहको जिम्मा लगाउने भन्ने विकल्प प्रधानमन्त्रीसमक्ष पेस गरेको जानकारी प्राप्त भएको छ ।