आज:  | Fri, 29, Mar, 2024

बढ्यो कोरोना संक्रमण एकै दिनमा १४ जनामा पोजिटिभ

२०७७, ५ बैशाख शुक्रबार १९:५८ मा प्रकाशित ( ३ साल अघि) १२८६६ पाठक संख्या

काठमाडौं, बैशाख-५ ।
नेपालमा आज एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

खबर एक्सप्रेस