काठमाडौं, बैशाख-५
धनगढीमा हिजो भारतबाट आएका रूकुम पश्चिमका दुई युवाको र्यापिड परीक्षण गर्दा उनीहरूको एन्टिबडी पोजेटिभ देखिएको थियो। त्यसपछि उनीहरूको स्वाब पुनः परीक्षणका लागि बिहीबार काठमाडौं ल्याइएको थियो आज बिहान केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।
ती दुई जनालाई चौरजहारीमा रहेको कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ।