आज:  | Sat, 25, Mar, 2023

सीसीएमसीको कल सेन्टरबाट तिब्र अनुसन्धान

२०७७, ६ बैशाख शनिबार ०८:५५ मा प्रकाशित ( २ साल अघि) १२८६६ पाठक संख्या

काठमाडौं, वैशाख-६

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) अन्तर्गतको सूचना प्रबिधी हेर्ने फाटमा नेपाली सेनाले कल सेन्टर बनाइ लकडाउन हुनुअघि चैत पहिलो साता वितरण गरिएका बिभिन्न कम्पनीका ६० हजार सीम कार्डको ट्रेसिङ प्रक्रिया थालनी गरेको छ ।

हालसम्म नयाँ सिम लिएका १२ हजार जनाभन्दा माथिको नम्बरमा सम्पर्क भएकोमा ७ हजार २४७ जना सम्पर्कमा आएका छन् भने बाँकीसँग सम्पर्क गर्ने कोशीस भैरहेको नेपाली सेनाका प्रबक्ता सहायक रथी बिज्ञानदेव पाण्डेले बताएका छन् ।

सम्पर्क भएका मध्य सात सय जना बिदेशबाट आएको पाइएको छ भने २८ जनाले कोरोनासँग मिल्दोजुल्दो लक्षण्  आफुसँग रहेको सेनालाई जानकारी दिएका छन् । तर उनीहरुमा कोरोना पुस्टि भएको छैन ती मध्य दार्चुला,डोटी,बर्दिया र भोजपुरका एक-एक जना निको भैसकेका छन् ।

सेनाले टेलिफोन गर्दा बैशाख १-२ गते ६ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण् देखियो कैलालीका तीनजना मध्य एक जना निको भैसकेको दुई जनाको उपचार भैरहेको छ, बाँकी डडेलधुरा र दाङका बिरामीको पनि उपचार भैरहेको छ

बैशाख ३-४ गते पनि सेनाको टेलिफोन ८ जना कोरोनासँग मिल्दोजुल्दो लक्षण् देखियो जसमा काभ्रेका एकजना निको भएका छन् भने दैलेख,अछाम र झापाका एकएकजना, बाजुरा र बैतडी दुई जना एकएक जनाको अवस्था सुधारोन्मुख रहेको छ उनिहरुको सबै विवरण स्थानिय वडाध्यक्षलाई उपलब्ध गराएको सेनाका प्रबक्ता पाण्डेले बताएका छन् ।

खबर एक्सप्रेस