काठमाडौं, वैशाख,६
कोरोना भाइरसको कारण अहिले देश लकडाउनमा छ यो समयावधीमा बिशेष गरी दैनिक ज्यालादारी काम गर्ने मजदुरले रोजीरोटी गुमाएका छन् दैनिक जीवनयापन गर्न निकै समस्या पर्दै आएको छ । कतिपय स्थानमा त राहत पाउन नसकेको सूचनाहरु पनि प्राप्त भएका छन् यसैबिच काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकावडा नं ९ का वडासदस्य पर्शुराम कार्कीले भने राहतका लागि ल्याइएको चामल मध्य पाँच बोरा चामल आफ्नो घरमा लिएको समाचार आएको छ उनले चैत्र २८ गते बुढानिलकण्ठ नगरपालिकाले बितरण गरेर बाँकी रहेको राहत वडा कार्यालयमा पुर्याउने क्रममा पाँच बोरा चामल आफ्नो घर र एक बोरा चामल ड्राइभरलाई दिएको कुरा मेयर उद्धव प्रसाद खरेलले बताएका छन् ।
शुरुमा उनले त्यो कुरा स्वीकार गरेका थिएनन् जब सिसीटीभी फुटेजबाट कार्कीले चामल बोरा झारेको खुलेपछी उनले वडाध्यक्ष सहित स्थानियसँग माफि मागेका थिए आजको नयाँ पत्रीकामा प्रकाश धौलाकोटीले समाचार लेखेका छन् ।