आज:  | Thu, 18, Apr, 2024

र्‍यापिड टेस्ट किटको विश्वसनीयता माथि प्रश्न

२०७७, ६ बैशाख शनिबार १४:३१ मा प्रकाशित ( ४ साल अघि) ३७६३५ पाठक संख्या

काठमाडौं, वैशाख,६

नेपाल सरकारले सात करोड भन्दा बढी रकम खर्चे गरेर चीनबाट ल्याएका ७५ हजार र्‍यापिड टेस्ट किटको विश्वसनीयता माथि प्रश्न उठिरेहेको समयमा यसबाट प्राप्त हुने नतिजाले गम्भीर समस्या श्रृजना गरेको पाईएको छ ।  हालै भारतबाट आएर उदयपुरको भुल्के मस्जिदमा बसेका १२ जना भारतीय सहित १६ जनाको गत बुधबार नै र्‍यापिड टेस्ट गरिएको थियो जसमा १६ जना कै नतिजा नेगेटिभ आएको थियो ।  उनीहरु विदेशबाट आएकोले शंका गरी पुनः चेक गर्नका लागी स्वाब कोशी अस्पतालको प्रयोगशालामा पिसिआरमा स्वाब परीक्षण गरियो। जसमा शुक्रबार १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ भेटिए ।

चीनबाट ल्याएका र्‍यापिड टेस्ट किट विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छैन भने नेपालका विज्ञहरूले यसको गुणस्तर माथी प्रश्न गदैं सरकारको तिब्र बिरोध गर्दै आईरहेका छन् । सरकारले यसलाई ढाकछोप गर्दै  अहिलेसम्म् यसको ठोस् जवाफ दिएको छैन ।  सरकारी प्रयोगशालामा काम गर्ने केही स्वास्थ्यकर्मीले भनेका छन् सकेसम्म हामी यो किटबाट प्रयोग गर्दैनौं ।

सरकारले चीनबाट यी किटहरु ल्या लगत्तै विज्ञहरूले किटहरु माथि गम्भीर प्रश्नहरु गरेपछि सरकारले यसको गुणस्तर चेक गर्न राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्लाई दियो तर परिषद्ले यो कुराबाट आफू पन्छिन अहिले अनुसन्धान गर्ने बेला होइन भन्यो त्यसपछि, स्वास्थ्य मन्त्रालयले त्यसको जिम्मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दियो प्रयोगशालाले भने चीनबाट यो किट ल्याउन मन्त्रालयलाई सिफारिस नगरेको प्रयोगशालाकी निर्देशक डा. रूना झाले बताएकी छन् ।
श्रोतका अनुसार मन्त्रालयको माथिल्लो निकायबाट ठुलै दबाब आएपछि प्रयोगशालाले यसको गुणस्तर नाप्ने जिम्मा लियो । लगत्तै अनुसन्धान परिषद्सँगको सहकार्यमा एकै व्यक्तिको नमूना किट र पिसिआर दुवैमा जाँचेर किटको विश्वसनीयता प्रमाणित गर्ने भनिएको थियो तर अहिलेसम्म् मन्त्रालयले यो रिपोर्ट सार्वजनिक गरेको छैन विज्ञहरुले किटमाथि चौतर्फी प्रश्न उठाईरहेका छन् रिपार्ट पनि दुईथरी आईरहेका बेला मन्त्रालयले यसबारे प्रष्ट पार्नुपर्ने ब्यापक जनगुनासो आईरहेको छ ।

यो पनी
संक्रमित भएका १२ जनामा कोरोना लक्षण छैन
उदयपुरबाट ल्याईएका १२ जनाको अवस्था सामान्य रहेको छ उनीहरुमा कोरोना पोजेटिभ देखिए पनि उनीहरुको अवस्था अति सामान्य रहेको कोशी अस्पतालले बताएको छ ।
उनीहरुमा अहिलेसम्म स्वास फेर्न देखि रुघाखोकीसम्मको केही पनि समस्या छैन त्यसकारण सामान्य औषधी मात्र चलाईएको छ । भने कोरोनाको कुनै किसिमको लक्षण देखिएको छैन

खबर एक्सप्रेस