आज:  | Sun, 26, Mar, 2023

सरकारको निर्णयलाई इन्टरनेट कम्पनीहरुले नमान्ने

२०७७, ७ बैशाख आईतवार १२:४२ मा प्रकाशित ( २ साल अघि) १४८१९ पाठक संख्या

काठमाडौं वैशाख ७ ,
सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई लकडाउन अवधिभरि शुल्क तिर्न नसकेकका ग्राहकको लाइन नकाट्नु भनी निर्देशन दिएको थियो तर सरकारको निर्णयलाई इन्टरनेट कम्पनीहरुले नमान्ने भएका छन् ।
इन्टरनेट सेवा प्रदायक संघ नेपालले आइतबार सूचना जारी गरी घरमा कुनै सहयोगी नभएका अशत एवं वृद्ध ग्राहकलाई मात्रै त्यो सुविधा दिन सकिने जानकारी गर्दे सरकारको निर्देशन पालना गर्दा भारतबाट इन्टरनेटको ब्यान्डविथ खरिद गर्न भारतीय कम्पनीलाई नियमित शुल्क तिर्नुपर्छ हामीले शुल्क नउठाई सेवालाई निरन्तरता दिन नसक्ने संघका अध्यक्ष भोजराज भट्टले बताएका छन् ।

 

खबर एक्सप्रेस