आज:  | Sat, 20, Apr, 2024

कोरोना भाईरसबाट मृत्यू हुने नेपालीको संख्या २८ पुग्यो

२०७७, ७ बैशाख आईतवार १३:१७ मा प्रकाशित ( ४ साल अघि) १३६१० पाठक संख्या

काठमाडौँ, वैशाख ७ गते,
कोरोना भाइरस (कोभिड–१९) विश्वभर महामारी फैलिरहेको स्थिती छ यसै बिच विश्वभर छरिएका नेपालीहरुलाई पनि यसको प्रभाब परेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आजसम्म कोरोना भाईरसबाट मृत्यू हुनेको संख्या २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति र स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा २ र आयरल्याण्डमा एक जनाको मृत्यू भएकोछ ।

अहिलेसम्म नेपालमा बाहेक विश्वभर एक हजार १६६ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तयार पारेको सो आँकडानुसार २१ देशमा रहेका नेपाली कोभिड –१९ बाट संक्रमित रहेको एनआरएनले जनाएको छ । यसबाट संक्रमित हुनेमा अमेरिकामा करीब सात सय, बेलायतमा दुई सय, संयुक्त युएईमा ७१, आयरल्याण्ड र पोर्चुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा पाँच, जर्मनी, बेल्जियम र साउदी अरबमा ४–४, क्यानडा र मलेसियामा ३–३, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मा र हंकंमा एक–एक जना रहेको एनआरएनले जनाएको छ ।

एनआरएनका अध्यक्ष पन्तका अनुसार हालसम्म दुई दर्जनभन्दा बढी देशमा १० हजारभन्दा बढी कोरोना पीडितलाई राहत वितरण गरिएको छ । यसैबीच एनआरएन कोभिड १९ उच्चस्तरीय समितिको बैठक बसी कोरोना पीडितका लागि राहत वितरणको नयाँ नीति तय गर्ने जनाईएको छ । राससबाट

खबर एक्सप्रेस