आज:  | Fri, 19, Apr, 2024

सञ्चालन नगर्ने ५० ग्यास उद्योगको खारेजी नयाँ तीन उद्योगलाई अनुमति

२०७७, ७ बैशाख आईतवार १३:४५ मा प्रकाशित ( ४ साल अघि) २३५३० पाठक संख्या

काठमाडौँ, वैशाख ७ गते
नेपाल आयल निगमले अनुमति लिएर सञ्चालन नगर्ने ५० उद्योगको अनुमति खारेज गरेको छ । सरकारसँग ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्नका लागी अनुमति लिने तर उद्योग निर्माण नगर्ने, अनुमतिपत्र खरिद बिक्रि गर्ने कार्यको अन्त्य गर्न पनि यस किसिमको निर्णय गरेको बताएको छ ।
अनुमति पाएका उद्योगलाई तत्कालै उद्योग सञ्चालनमा आउन तीनपटक सम्म सुचना गरिएको थियो । पटकपटक सूचित गराउँदा पनि सम्पर्कमा नआउने उद्योग सञ्चालनका लागि सैद्धान्तिक सहमति लिएर सञ्चालन नगर्ने केही उद्योग यसपहिला नै खारेजीमा परिसकेका थिए खारेजी गरिएकामा केही शाखा उद्योग पनि रहेका छन् ।
खारेजीमा परेका उद्योगहरुमा सुदूरपश्चिम एलपी ग्यास उद्योग, पूर्वेली ग्यास, बर्दिवास इन्भेष्टमेन्ट मल्टिप्रर्पोज, एचएच कम्पनी, वर्षा ग्यास, जेपी ग्यास, एशियन ग्यास, एक्सप्रेस ग्यास, शिवशक्ति ग्यास, नीलकण्ठ ग्यास, सप्तकोशी ग्यास, हरि ग्यास, कमला ग्यास, दक्षिणकाली ग्यास, सिद्धबाबा ग्यास, मातारानी ग्यास, पञ्चलक्ष्मी ग्यास, विरता ग्यास, विकल्प ग्यास, बुहारी ग्यास, स्मार्ट गइँस, केदार ग्यास, पूजा ग्यास, सगुन ग्यास र कञ्चनजङ्गा ग्यास,सरस्वती ग्यास, आरके ग्यास, श्याम ग्यास, श्रीमाया ग्यास, जयश्री तिरुपति ग्यास, पञ्चकोशी ग्यास, बुद्ध इन्डष्ट्रिज, आदित्य ग्यास, गणेश ग्यास, तिलौराकोट ग्यास, ग्रीन ग्यास, बागेश्वरी ग्यास, सान्भी ग्यास, गौरीशङ्कर ग्यास (शाखा), हिमालयन पेट्रो केमिकल्स (शाखा), कोशी ग्यास (शाखा), लुम्बिनी ग्यास (शाखा), नारायणी ग्यास (शाखा), नेपाल ग्यास (शाखा), नोबेल ग्यास (शाखा), राजधानी ग्यास (शाखा), सहारा ग्यास (शाखा), सुगम ग्यास (शाखा), भेरी ग्यास (शाखा) र नेपाल ग्यास उद्योग (नारायणी) प्रालि (शाखा) पनि खारेजीमा परेका छन् ।

थप तीन नयाँ उद्योगलाई पिडिओ अनुमति
अनुमति लिएर सञ्चालनमा आएका कैलालीको अत्तरियामाको सैपाल ग्यास, नवलपरासीको सगरमाथा ग्यास (शाखा) र धादिङमाको सीता ग्यास उद्योगलाई प्रोडक्ट डेलिभरी अर्डर (पिडीओ) अनुमति दिएको छ । यी उद्योगले निर्माण सम्पन्न गरी कारोबारका लागि स्वीकृति दिन निगमसमक्ष निबेदन पेश गरेका थिए । नयाँ तीन उद्योगले अनुमति पाएसँगै नेपालमा एलपी ग्यासको कारोबार गर्ने उद्योगको सङ्ख्या ६२ पुगेको छ । ग्यास उद्योगीले भने नयाँ उद्योगलाई सञ्चालन अनुमति नदिन निगमलाई दबाब दिँदै आएका थिए ।

खबर एक्सप्रेस