आज:  | Sat, 20, Apr, 2024

जिल्ला मै पहिलो पटक एम्बुलेन्स सेवा

२०७७, ७ बैशाख आईतवार १४:५६ मा प्रकाशित ( ४ साल अघि) १०४७९ पाठक संख्या

रुकुम (पूर्व) , वैशाख ५ गते,

प्रदेश नं ५ सरकारले रुकुम (पूर्व) जिल्लालाई एम्बुलेन्स प्रदान गरेको छ यो सँगै जिल्लाले पहिलो पटक एम्बुलेन्स पाएको छ । दुर्गम हिमाली जिल्ला रुकुम (पूर्व) मा हालसम्म एउटा पनि एम्बुलेन्स संचालनमा थिएन यातायातको सुविधा भएपनि हालसम्म जिल्लामा एम्बुलेन्स सेवा नहुदा धेरैले अकालमै ज्यान गुमाएका धेरै घटना थिए ।
तर कोरोना भाइरसको महामारी फैलिरहेका बेलामा जिल्ला अस्पतालको मातहतमा रहने गरी एम्बुलेन्स उपलब्ध गराईएको हो । यस जिल्लामा एम्बुलेन्स संचालनको लागी लामो समयदेखि पहल गरेपनि एम्बुलेन्स सेवा संचालनबाट बञ्चित थियो । कोरोना महामारीको संक्रमणसँगै यो जिल्ला पनि जोखिम रहेको भन्दै प्रदेश सरकारले प्राथमिकतामा राखेर एम्बुलेन्स उपलब्ध गराएको प्रदेश सभामुख पूर्णबहादुर घर्तीले बताए ।
प्राप्त एम्बुलेन्सलाई जिल्ला अस्पतालले ब्यबस्थापन सहित संचालन गर्नेछ भने २४ सै घण्टा बिरामीलाई सेवा दिने गरी  तयारी अवस्थामा राखिने बताईएको छ ।

खबर एक्सप्रेस