आज:  | Wed, 27, Mar, 2024

चौंथो कोरोना संक्रमित पनि डिस्चार्ज भए

२०७७, ७ बैशाख आईतवार १७:०४ मा प्रकाशित ( ३ साल अघि) १०८२० पाठक संख्या

काठमाडौं, बैशाख ७ गते
सेती अञ्चलमा भर्ना भएका कोरोना संक्रमित कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक सन्चो भएर आज डिस्चार्ज हुँदैछन् । भारतको मुम्बईबाट चैत ११ गते घर आएका विकलाई चैत २२ गते चेक गर्दा कोरोना पोजिटिभ देखिएको थियो १४ दिन क्वारन्टिनमा र १५ दिन आइसोलेसन गरी २९ दिनको उपचारपछि उनी आफनो घर फर्किदैछन् । उनको अन्तिम परीक्षणमा नेगेटिभ आएकाले आज डिस्चार्ज गर्न लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकमार सम्मेलनमा बताएका छन । कोरोना लागेर सन्चो भएका उनी चौंथो व्यक्ति हुन्।

खबर एक्सप्रेस