आज:  | Thu, 22, Feb, 2024

दैलेख ३०२ जनाको रिपोर्ट नेगेटिभ क्वारेन्टिनमा सातजना मात्रै

२०७७, ८ बैशाख सोमबार ०९:०० मा प्रकाशित ( ३ साल अघि) १५४०८ पाठक संख्या

दैलेख,वैशाख ८गते,
दैलेख जिल्लामा कोरोनाभाइरस(कोभिड-१९)-यापिड डायग्नोष्टिक टेष्ट(आरडीटी)बाट चेक गर्दा ३०२जनामा नेगेटिभ रिपोर्ट आएको छ । भारत लगाएत अन्य मुलुकबाट जिल्ला आएकालाई प्राथमिकतामा राखेर -यापिड डायग्नोष्टिक टेष्ट गरिएको थियो ।
जिल्लाका बिभिन्न स्थानबाट संकलन गरी ल्याइएका ८८ स्वाब सङ्कलनको पनि रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
दैलेखमा निर्माण गरिएको क्वारेन्टिनमा हालसम्म सात जना मात्र रहेको पनि प्रशासनले बताएको छ।

खबर एक्सप्रेस