काठमाडौ, बैशाख ८,
कोरोना भाईरस (कोभिड-१९) को विश्वव्यापी महामारी फैलिरहेको स्थितीमा नेपालमा पनि यसको प्रभाव छ । बिशेषगरी लकडाउनको समयमा किसानहरुले उत्पादन गरेका बस्तुहरु खेर गैरहेका छन् जसबाट उनिहरु बढी मारमा परेका छन् । उनिहरुले उत्पादन गरेका तरकारीजन्य उत्पादन धेरै मात्रामा खेर गइरहेको छ । यो समस्यालाई केही मात्रामा न्यून गर्न एनआरएनए कृषि प्रबर्धन समिति, राष्ट्रिय कृषक समूह महासंघ,बागमति प्रदेस सरकार र काठमाडौ महानगरपालिकाको सहकार्यमा एनआरएनए अन्तरगत मूना कृषि लिमिटेडले आजबाट काठमाडौको बसून्धारामा स्यानिटाइजर गरि कृषि बस्तूहरु बजार शुरुवात गरेको छ ।उक्त बजारलाई काठमाडौ महानगरपालिकाकी उपमेयर हरीप्रभा खडगी श्रेष्ठबाट उदघाटन गरेकी छन् ।
कृषि बस्तूहरु बजारको हरेकदिन बिहान ८ बजेदेखी साझ ६ बजेसम्म खुल्ला हुने जानकारी गराइएको छ ।