काठमान्डौ बैशाख ८
कोरोना भाइरसका कारण देश लकडाउनमा छ यस्तो बेला बसेको मन्त्रिपरिषद बैठकबाट देश र जनताले के आशा गर्छ होला रु तर आजको मन्त्रिपरिषद बैठक नै गज्जबको भएको छ ।
प्रधानमन्त्री ओलीले बेला न कुबेला जब पार्टी विभाजनको अध्यादेश पारित गराएपछि यो देखेर पूर्वमाओवादी खेमाका मन्त्रीहरुको अचम्मित भए । मन्त्रिपरिषद बैठक सकिए लगत्तै पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको थियो । बैठक समाप्त भएपस्चात अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन लगाएत अन्य मन्त्रीहरु पनि प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
देश संकटमा परेको बेला एकाएक प्रधानमन्त्री ओलीले पार्टी विभाजनको अध्यादेश पारित गराएपछि नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि तर्सियर पूर्वमाओवादीका सबै मन्त्रीलाई आफ्नो निवास खुमलटारमा बोलाएका थिए ।
आफूहरुसँग कुनै सल्लाह नै नगरी यस्तो अध्यादेश ल्याएपछि रुष्ट पूर्व माओवादीका मन्त्रीहरुको आजै सामूहिक राजीनामा दिन सक्ने सम्भावना रहेको माओवादी निकट उच्च स्रोतले जानकारी दिएको छ । यसैबीच प्रचण्डसँगको बैठकमा एक मन्त्रीले त आजै सबैले राजिनामा दिएर नेपाली कांग्रेसको समर्थनमा सरकारमा जाने समेत प्रस्ताव राखेको उच्च स्रोतको दाबी छ ।