आज:  | Sat, 25, Mar, 2023

राष्ट्रपतिले केही घण्टा मै अध्यादेश प्रमाणीकरण गरिन

२०७७, ८ बैशाख सोमबार १९:१४ मा प्रकाशित ( २ साल अघि) १०६०३ पाठक संख्या

काठमान्डौ बैशाख -८

राष्ट्रपति कार्यालयले केही घण्टा मै मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको अध्यादेशलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी गराए ।

खबर एक्सप्रेस