आज:  | Sat, 20, Apr, 2024

कर्णाली प्रदेशका मुख्यमन्त्रीको भिडियो कन्फ्रेन्स

२०७७, ८ बैशाख सोमबार २०:२१ मा प्रकाशित ( ४ साल अघि) १०१३८ पाठक संख्या

सुर्खेत बैशाख-८

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश अन्तर्गतका दशवटै जिल्लाका जिल्ला समन्वय प्रमुख विच आज कोरोना भाईरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकार र स्थानीय तहहरुले गरेका कामहरुका सम्वन्धमा भर्चुअल प्रविधिवाट समन्वयात्मक वैठक गरेका छन्। भिडियो कन्फ्रेन्स वैठक कर्णाली प्रदेशमा कोरोना संकटको सामना गर्न प्रदेश सरकार र स्थानीय तहहरुले गरिरहेका कामहरुलाई अझ प्रभावकारी वनाउन आवश्यक समन्वय गर्न र आगामी दिनमा के गर्ने भन्ने नीति तथा योजना निर्माण गर्न वैठक केन्द्रित भएको थियो । 

मुख्यमन्त्रीले सवै स्थानीय तहसंग समन्वय गर्दै कोरोनाका विरुद्ध उच्च मनोवल, धैर्यता र सावधानी अपनाई काममा समन्वय गर्न जिल्ला समन्वय प्रमुखहरुलाई आग्रह गरेका थिए त्यो कार्य गर्नका लागि आवश्यक वजेट, स्वास्थ्य सामाग्रि, अत्यावश्यक खाद्यवस्तु लगायतको व्यवस्थापनमा प्रदेश सरकारको तर्फवाट कमी हुन नदिने समेत बताएका थिए। 

उक्त बैठकमा कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्री समेतको सहभागि थियो ।

खबर एक्सप्रेस