आज:  | Sat, 13, Apr, 2024

लकडाउन सबैको सुरक्षाका लागि हो, त्यसैले लकडाउनको पालन गरौं : रिश्ता अधिकारी

२०७७, ८ बैशाख सोमबार २१:०५ मा प्रकाशित ( ३ साल अघि) २२०७३ पाठक संख्या

 

सातभन्दा बढी चलचित्रमा अभिनय गरेकी उनले आफ्नो आवाज ५० भन्दा बढी चलचित्रमा दिएकी छन् । यसैसंगै उनी नेपाली चलचित्र क्षेत्रमा (डबिङ्ग क्वीन ) का नामले परिचित छिन् ।
उनी अर्थात रिश्ता अधिकारी । कोरोना भाइरसका कारण गरिएको यो लकडाउन सबैको सुरक्षाका लागि गरिएको र सबैले यसकाे पालना गर्नु पर्ने पनि रिश्ताको आग्रह छ ।

लकडाउन सबैको जस्तै आफ्नो पनि त्यस्तै साधारण भएको र घरमै बस्नु परे पनि यो आफ्ना लागि भएको उनले बताइन् । आफू पहिले खाली भएको बेला घरमा बस्दा जसरी समय बिताउने गर्थिन अहिले पनि त्यस्तै गरि बिताउने गरेको बताउछिन् रिश्ता । यो समयमा उनले घर परिवारलाई समय दिएको घरको काम सिक्ने , सहयोग गर्ने गरेको र यति बेला नियमित रुपमा आफुले खाजा बनाउने गरेको बताइन् ।

यो महामारी कहिले सकिन्छ र पहिलेको जस्तै साधारण जीवनमा फेरि कहिले फर्किन पाइन्छ होला जस्तो लागेको छ रिश्तालाई पनि । यो महामारीको बेला आफ्नो इच्छा अनुरुपका काममा समय दिन र आफू पनि स्वस्थ्य रहन र आफ्नो परिवारलाई पनि स्वस्थ्य राख्न पनि उनको आग्रह छ ।

रिश्ता भन्छिन् – ‘आफूले सकिन्छ भने आफूले सक्ने जति राहत दिउ सकिदैन सूचनामुलक कुराहरु शेयर गरेर पनि सरकारलाई साथ दिनसकिन्छ । सरकारले गरेको लकडाउनको पूरा पालना गरौं र घरमा नै बसेर सुरक्षीत रहुँ । ’

खबर एक्सप्रेस