आज:  | Sat, 20, Apr, 2024

सरकारको आपतिजनक कदम : काग्रेस

२०७७, ८ बैशाख सोमबार २३:१३ मा प्रकाशित ( ४ साल अघि) १२३०८ पाठक संख्या

काठमाडौं, ८ वैशाख,
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद सम्बन्धी (पहिलो संशोधन ) बारे छलफल गर्नका लागी आकस्मिक पदाधिकारीको बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । बैठक मंगलबार विहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा बस्ने छ ।

अहिले कोरोनाको संक्रमणमा पुरै विश्व एक भएर लडिरहेका बेलामा सरकारले जारी गरेका दुबै अध्यादेशप्रति काँग्रेसले गम्भीर असहमति जनाएको छ । अझ संवैधानिक परिषदमा प्रतिपक्षी दलका नेता नभएपनि हुने गरी संशोधन गरेको कार्यलाई काँग्रेसले संविधानमाथिको ठुलो प्रहार हो भनेको छ ।

खबर एक्सप्रेस