आज:  | Tue, 20, Feb, 2024

कोभिड-१९ को परिक्षण कार्य घटदो

२०७७, ९ बैशाख मंगलवार १०:३२ मा प्रकाशित ( ३ साल अघि) १०१०७ पाठक संख्या

काठमान्डौ बैशाख-९
सरकारले गरीरहेको कोरोना भाईरस (कोभिड-१९) को परिक्षण कार्यको दर क्रमश घटि रहेको छ । दुर्त परिक्षण गर्ने गरी देशका १२ स्थानमा पिसिआर मेशिन गरीएपनि परिक्षणको दर भने घटदो छ ।
रास्टिय जनस्वास्थ प्रयोगशाला टेकुले मात्र दैनिक १५ सय भन्दा बढी परिक्षण गर्न सक्ने क्षमता रहेको निर्देशक रुणा झाले बताइएकी छिन् ।
लामो समय ललडाउनका कारण संख्यामा कमी आएको हुनसक्ने भन्दै एक हप्ता अघी दैनिक ९ सयदेखी ११ सयसम्म परिक्षण हुने गरेकोमा हाल दैनिक ४ सयको हाराहारीमा परिक्षण हुने गरेको प्रयोगशाला टेकुले जनाएको छ ।
स्वास्थ्य तथा जनस्वास्थ मन्त्रालयका प्रबक्ता डा. बिकास देवकोटाको भनाई अनुसार गत २४ घण्टामा देशभर तीन सय चौबिस जनाको कोभिड-१९को परिक्षण भएको बताएका छन् । हालसम्म देशभर ८ हजार ४ सय १४ जना पोसीआर परिक्षण गरीएको छ । जसमा ३० जनामा कोभिड-१९ पोजेटीभ देखियो भने एकजनाको भने हङकङमा परिक्षण गरीएको थियो ।

खबर एक्सप्रेस