आज:  | Sat, 20, Apr, 2024

आफ्नै कोल्ड स्टोरबाट कुहिएको दाल राहत बितरण गरेको आरोपमा मेयर पक्राउ

२०७७, ९ बैशाख मंगलवार १५:१५ मा प्रकाशित ( ४ साल अघि) २४९५६ पाठक संख्या

बारा, बैशाख ९
लकडाउनले गर्दा अहिले बिपन्न बर्गका नागरीकहरु निकै अप्ठयारो स्थितीमा जीवनयापन गरीरहेका छन् त्यस्ता नागरीकलाई भनेर स्थानिय सरकारले राहत बितरण गरीरहेको छ । यही क्रममा बिपन्न बर्गका नागरीकलाई कुहिएको दाल वितरण गरेको आरोपमा बारा प्रहरीले कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित १०जनालाई पक्राउ गरेको छ ।
यसअघि पनि बारा प्रहरीले मेयर यादवलाई आफ्नै कोल्डस्टोरमा कुहिएको दाल स्टोरेज गरीरहेको अवस्थामा भेटी उतm स्टोरलाई शिलबन्दी गरेको थियो । मेयरलाई मंगलबार बिहान पक्राउ गरेको छ भने यस अधि पनि ५ जना वडाध्यक्ष, ३ जना कर्मचारी र एक जना ठेकेदारलाई प्रहरीले पक्राउ गरिसकेको छ । नागरीकहरुबाट मेयरले कुहिएको दाल राहत वितरण गरेको भनी उजुरी आएपछि अनुन्धान गर्दा दोषी पाइएपछि नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ ।

खबर एक्सप्रेस