आज:  | Thu, 18, Apr, 2024

विपक्षी दलहरुको संयुक्त बैठक बस्दै

२०७७, १० बैशाख बुधबार १२:३७ मा प्रकाशित ( ३ साल अघि) १२६१८ पाठक संख्या

काठमाडौं, बैशाख-१०

सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी संशोधन अध्यादेश विरुद्ध साझा धारणा र रणनीति बनाउन बुधबार विपक्षी दलहरुको संयुक्त बैठक बस्दैछ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज २ वजे बस्ने बैठकमा समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सहितको संयुक्त बैठक बस्ने तय भएको छ ।

खबर एक्सप्रेस