आज:  | Tue, 20, Feb, 2024

यादवको समाजवादी पार्टी फुट्ने तयारीमा

२०७७, १० बैशाख बुधबार १३:३६ मा प्रकाशित ( ३ साल अघि) १०८५१ पाठक संख्या

काठमाडौं वैशाख-१०

समाजवादी पार्टी फुटाउनको लागि सासद रेणु यादवको नेत्रित्वमा ८ सांसदले पार्टी फुटाउनको लागि हस्ताक्षर गरेको स्रोतले बताएको छ । पार्टी फुटाएर नयाँ दल दर्ता गर्न ८ सांसद रेणु यादव, मोहम्मद इस्तियाक राइ, विमलप्रसाद श्रीवास्तव, रुही नाज, कुलदेवी विश्वकर्मा लगायतले हस्ताक्षर गरीसकेको बताईएको छ । उनिहरु नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा जाने भएका छन् ।

सरकारले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याएलगत्तै समाजवादी पार्टी फुटको चर्चा चलेको छ । राजनीतिक दल सम्बन्धित नयाँ अध्यादेशले संसद या केन्द्रीय समिति जुनसुकैमा ४० प्रतिशत भए पुग्ने उल्लेख छ । समाजवादी पार्टीमा कुल १६ जना सांसद छन् ८ जना ५० प्रतिशत पुग्छ ।

सरकारले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याएपछी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले यसप्रति कडा आक्रोश व्यक्त गर्दै आएका छन् ।

खबर एक्सप्रेस