आज:  | Thu, 22, Feb, 2024

आज तीन जनामा कोरोना पोजिटिभ

२०७७, १० बैशाख बुधबार १६:५७ मा प्रकाशित ( ३ साल अघि) १५२८४ पाठक संख्या

काठमाडौं, वैशाख १०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको बताएको छ । बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३ जनामा कोरोनो पोजिटिभ देखिएको हो ।

स्वास्थ  तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् । हाल नेपालमा ७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। आज सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष डिस्चार्ज हुने मन्त्रालयले जनाएको हो।

नेपालमा बुधबारसम्म देशभरी आरडीटी विधिबाट ३१ हजार ४ सय २० परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ११ नमुना परीक्षण भएका छन् । हालसम्म दुवै आरडीटी र पीसीआर विधिबाट ४० हजार ४ सय वटा परीक्षण भएका छन् । त्यसैगरी आइसोलेसनमा देशभरी ९५ जना रहेका छन् । काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ९२ जना छन् । क्‍वारेन्टाइनमा ८ हजार ५ सय ९५ जना रहेका प्रवक्ता देवकोटाले जनाए ।

खबर एक्सप्रेस