आज:  | Mon, 19, Feb, 2024

नेपालको कोरोना इपिसेन्टर भुल्केमा दुईजना भारत र एकजना दुबहीबाट आए खुल्यो

२०७७, १० बैशाख बुधबार १७:५७ मा प्रकाशित ( ३ साल अघि) ३००४० पाठक संख्या

गाईघाट, बैशाख १० गते ।
कोरोना संक्रमणको इपिसेन्टर बनेको प्रदेश एकको उदयपुर स्थित भुल्केमा तीन युवक भारत र दुबहीबाट आएको प्रमाणीत भएको छ ।
उदयपुरको भुल्केमा हालसम्म २४ जना कोरोना संक्रमित फेला परिसकेका छन् । भुल्केको मस्जिद क्षेत्रमा बसोबास गर्ने कोरोना संक्रमित एक युवक भारतको उत्तर प्रदेशस्थित एक मस्जिदमा बसेर अध्ययन गर्ने गरेको उनी चैत ७ गते नेपालमा आएको खुलेको छ । अर्का एक युवा भने नयाँदिल्लीमा कपडा सिलाईका काम गर्ने गरेको उनी चैत १० गते नेपाल आएको खुलेको छ । त्यस्तै अर्को एक युवक भने दुबइबाट चैत १० गते नेपाल आएको खुलेको छ ।
तीन युवक विदेशबाट आएको तथ्य फेला परेसँगै अब भुल्के क्षेत्रको संक्रमित स्थिती बुझन् नयाँ रणनिती लिनुपर्ने देखिएको ।
प्रहरीले अहिले उदयपुरमा प्रवेश सबै नाकाहरु सिल गरी लकडाउनलाई कडा बनाएको छ भने उदपुरकै गाइघाटको चौदण्डीस्थित मस्जिद र त्रियुगामाइ नपा १२ टिएन गेटस्थित मस्जिदमा पनि अरु आंशकित रहेन रहेको निगरानी बढाएको छ तर अहिलेसम्म कोही पनि फेला नपरेका बताईएको छ ।

खबर एक्सप्रेस