आज:  | Sat, 20, Apr, 2024

कारोना जितेर तिनजना घर फर्के

२०७७, १० बैशाख बुधबार १८:२० मा प्रकाशित ( ३ साल अघि) १५४०८ पाठक संख्या

काठमाण्डौं, बैशाख १० गते
आज कोरोना संक्रमित २ जना स्वास्थ्यलाभ गरी ठिक भएर घर फर्किएका छन् । स्वास्थ्यलाभ गरी कोरानासँग लडेर घर फर्कने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि कोरोना संक्रमित पाँच जना स्वास्थ्यलाभ गरी ठिक भएर घर फर्किसकेका छन् ।
बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष स्वास्थ्यलाभ गरी ठिक भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खबर एक्सप्रेस