आज:  | Mon, 26, Feb, 2024

तिब्बत सरकारले दियो आठ करोडका स्वास्थ्य सामग्री

२०७७, १० बैशाख बुधबार २३:३३ मा प्रकाशित ( ३ साल अघि) १५१६० पाठक संख्या

काठमाडौं । तिब्बत सरकारले गरेको अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ ।  तातोपानी नाका हुँदै आठ करोड ३१ लाख बराबरको दशदश हजार थान एन–९५ मास्क, टेष्टिङ किट र  पिपिइ, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई थान पिसिआर मेशिन र पचास थान वेट वाइप सामग्री तिब्बत सरकार ल्हासाका विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई ति स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य सामग्री भोलीसम्म काठमान्डौ आईपुग्ने बताइएको छ ।

खबर एक्सप्रेस