आज:  | Tue, 20, Feb, 2024

प्रधानमन्त्रीले पार्टी फुटाउन सांसदलाई अपहरण गराएको आरोप

२०७७, ११ बैशाख बिहीबार ११:१८ मा प्रकाशित ( ३ साल अघि) ३०१९५ पाठक संख्या

काठमाडौं , बैशाख ११

प्रधानमन्त्रीले पार्टी फुटाउन सक्ने बिधेयक ल्याएपछि अहिले समाजवादी पार्टीका नेता सांसदहरु अपहरणमा परेको भन्दै समाजवादी पार्टीका केन्द्रीय सदस्य र सञ्चार बिभाग उपप्रमुख विश्वदिप पाण्डेले सामाजिक सञ्जाल टुइटरमा जानकारी गराएका छन् ।
उनले लेखेका छन् समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव अपहरणबाट मुक्त हुन सफल भएको  हिजो बेलुका कसरी अपहरण भयो,  प्रशासनबाट के के  दुःख भोग्नुपर्यो,  प्रमले राती फोनमा के भन्नुभयो, विहान होटलबाट कसरी भागे भनेर सांसद यादवले आफुलाई सुनाएको लेखेका छन्  । उनले लेखेका छन् आजै वरिष्ठ नेता अशोक राई अपहरित सांसदहरुलाई उद्धार र अभिभावकत्व प्रदान गर्न होटल मेरियट गएको समेत उनले बताएका छन्। उनले लेखेका छन् पूर्व आईजीपी सर्वेँद्र खनाल महेश बस्नेत र ब्यापारी किसान श्रेष्ठ काठमाण्डौबाट प्रमको निर्देशनमा सुरेन्द्र यादवलाई मन्त्री बनाउने हो हिडनुस काठमाण्डौं भन्दै प्रमसँग कुरा पनि गराएर अपहरण शैलीमा काठमाण्डौं ल्याएर आएको कुरा टुईट गरेका छन् । उनले लेखेका छन् होटल मेरीटको कोठा नं ७०१ देखी ७१५सम्म प्रधानमन्त्रीको तर्फबाट खानाबस्नको ब्यबस्था गरी  पार्टी फुटाउन नेतृत्व गर्ने सांसदहरु रेणु यादव र ईस्तियाक राईलगाएतलाई राखिएको बताएका छन् ।
सासंद रेणु यादव सहित सात जना सांसदहरूले पार्टी फुटाउने हल्ला बाहिरिएपछि मध्यरातमा राजपा र समाजवादी पार्टीले हतारमा पार्टी एकिकरण गर्दै नयाँ पार्टी समेत घोषणा गरेका थिए। अब समाजवादी पार्टी तत्काल फुटाउन सम्बभ नहुने देखिएको छ। पार्टी फुटाउन संसदीय दलमा ४० प्रतिशत सांसदहरु आवश्यक पर्छ। सांसद यादवले हस्ताक्षर नगरेपछि ४० प्रतिशत पुग्दैन।

 

खबर एक्सप्रेस