आज:  | Tue, 20, Feb, 2024

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको निर्वाचन आयोगलाई एकीकरणको औपचारिक जानकारी

२०७७, ११ बैशाख बिहीबार ११:५० मा प्रकाशित ( ३ साल अघि) २५१४२ पाठक संख्या

काठमाडौं, बैशाख ११
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगलाई एकीकरण हुन लागेको औपचारिक जानकारी गराएका छन् ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुई पार्टीबीच एकीकरण हुने सहमति भएको जानकारी निर्वाचन आयोगलाई प्राप्त भएको नयाँ दलका लागि आवश्यक पर्ने कागजात पेश गरेपछि आयोगले नयाँ दल दर्ता प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
उनले दल दर्तासम्बन्धी कानुनमा दलको घोषणापत्र, विधान निर्वाचन चिन्ह, केन्द्रीय कमिटिको निर्णय लगायतका कागजात ४५ दिन भित्र आयोगमा पेश गर्नु पर्ने र ती कागजात रीतपूर्वक भए नभएको कर्मचारीले जाँच गरी आयोगका आयुक्तहरु समक्ष पेश गरिने छ । त्यस पछि आयोगको बैठकले दर्ता गर्ने नगर्ने निर्णय गर्ने र त्यो निर्णय राजपत्रमा प्रकाशित भए पछि मात्र नयाँ दलले मान्यता पाउने बताएका छन् । उता राजेन्द्र महतो उपेन्द्र यादव लगाएतले अहिले देशमा कारोना संक्रमण भएको बेला सबैमिलि त्यता लाग्नुपर्नेमा प्रधानमन्त्री केपी वलीले सांसदलाई अपहरण गर्ने पार्टी फुटाउने खेलमा लागेको यो अपराधिक कृयाकलाप हो गम्भीर भनी आरोप लगाएका छन् ।

खबर एक्सप्रेस