आज:  | Sat, 20, Apr, 2024

प्रधानमन्त्री केपी ओली अध्यादेश फिर्ता लिन सकारात्मक

२०७७, ११ बैशाख बिहीबार १३:०९ मा प्रकाशित ( ३ साल अघि) ३१६८३ पाठक संख्या

काठमाडौं, बैशाख ११
प्रधानमन्त्री केपी ओलीले आज बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटमा अध्यादेश फिर्ता लिने बताएको श्रोतले बतायो । अध्यादेशकै कारण समस्या यदी समस्या आएको हो भने अध्यादेश फिर्ता लिन आफू सकारात्मक रहेको बताए ।

नेकपा भित्र तिब्र बिबाद चुलिएपछि प्रधानमन्त्रीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेका थिए । यो सँगै प्रधानमन्त्री ओलीले कानुन व्यवसायीहरुसँग पनि छलफल गर्न थालेको बालुवाटार श्रोतले बतायो जसका कारण आज हुने भनीएको सांसदहरुसँगको बैठक स्थगीत गरीएको छ ।

खबर एक्सप्रेस