आज:  | Mon, 26, Feb, 2024

आमाको मुख हेर्ने दिनमा कोरोनालाई जितेर छोरासँगै घर फर्किइन् ८१ वर्षीया आमा

२०७७, ११ बैशाख बिहीबार १७:४४ मा प्रकाशित ( ३ साल अघि) ३७९१४ पाठक संख्या

काठमाडौं वैशाख ११ ,
पाटन अस्पतालमा उपचाररत काठमाण्डौं पेप्सीकोला सनसिटी अपार्टमेन्टका दुईजना कोरोना संक्रमितहरु स्वास्थ्य लाभ गरी आज घर फर्किएका छन् ।
वैशाख १ गते कोरोना पुष्टि भएका पेप्सीकोलाका ५८ बर्षिय छोरा र ८१ बर्षिय आमा आज डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बताईएको छ । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने आमाछोरामा कोरोना पोजेटिभ देखिएको थियो ।

उनीहरुको कोरोना भाइरस (कोभिड १९) संक्रमण आयातित भएको निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् ।  गत चैत ५ मा बेलायतबाट नेपाल आएका ३ जनालाई वैशाखमा १ मा र्‍यापिड टेष्ट गर्दा एन्टिबडी पोजेटिभ देखिएको थियो । लगतै उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको थियो भने ५२ वर्षीया बुहारीमा पनि कोरोना संक्रमण भए नभएको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो ।

खबर एक्सप्रेस