आज:  | Sun, 14, Apr, 2024

प्रधानमन्त्रीको पहिला वान टू वान वार्ता त्यसपछि त्रीपक्षिय बैठक

२०७७, १२ बैशाख शुक्रबार १८:३६ मा प्रकाशित ( ३ साल अघि) २३२५१ पाठक संख्या

काठमाडौं, बैशाख १२ गते

देशको पछिल्लो राजनिती अवस्थालाई हेरी प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रतिपक्ष दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग एक घण्टा वान टू वान वार्ता गरेका छन् । त्यो बार्तामा देउवाले प्रधानमन्त्रीलाई प्रश्न नै प्रश्नले घेरेको श्रोतले बताएकोछ । त्यस लगतै प्रधानमन्त्री ओली, प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि संयुक्त छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । सोही क्रममा सभापति देउवाले प्रधानमन्त्रीलाई दुबै अध्यादेश फिर्ता लिनु उचित कदम भएको बताए ।

सभापति देउवाले कोरोना भाइरसको व्यापक परीक्षण अहिलेको आवश्यकता भएकाले समुदायमा अझ धेरै परीक्षण गर्नुेपर्ने बताए । सरकारले स्वास्थकर्मीहरुलाई पीपिइ लगायतका आवश्यक स्वास्थ्य सामाग्रीहरु यथाशिघ्र पुयाउनु पर्ने श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठूला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनमा जोड दिनुका साथै विदेशमा रहेका नेपालीहरुको उद्दार गर्नेबारे तत्काल योजना सार्वजनिक गरेर कार्यान्वयनमा जानुपर्ने सरकारसँग माग गरेको नेपाली काँग्रेसका सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् । 

खबर एक्सप्रेस