आज:  | Sat, 20, Apr, 2024

झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि

२०७७, १२ बैशाख शुक्रबार २१:२९ मा प्रकाशित ( ३ साल अघि) १२७४२ पाठक संख्या

काठमाडौं, बैशाख १२ गते

नेपालमा कोरोना भाइरस ( कोभिड १९) संक्रिमतको संख्या ४९ पुग्यो । यसमा १० जनाले स्वास्थ्य लाभ गरी घर फर्किएका छन् । आज झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितका छोरा चैत ४ गतेमा दुबईबाट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सुनसरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाबको परीक्षणमा उनमा रिपोर्ट पोजेटिभ आएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

खबर एक्सप्रेस