आज:  | Mon, 26, Feb, 2024

नेपालको पाँचौ कोरोना संक्रमित अन्सु स्वास्थ्यलाभ गरी डिस्चार्ज भईन्

२०७७, १२ बैशाख शुक्रबार २२:३७ मा प्रकाशित ( ३ साल अघि) २६३८२ पाठक संख्या

पोखरा ब्यूरो, बैशाख १२ गते
पाँचौ कोरोना संक्रमित महिला अन्सु सापकोट पनि आज साँझ बागलुङको धवलागिरी अस्पतालबाट स्वास्थ्यलाभ गरी डिस्चार्ज भई घर फर्किएकी छन्।
फ्रान्सबाट आएकी कोरोना संक्रमित प्रसिद्धी श्रेष्ठ आएको जहाज मै उनी पनि आएकी थिईन् । बेज्लियमबाट आउदा चैत ४ गतेको एउटै जहाजमा काठमाण्डौं ओर्लेकी उनी प्रसिद्धी श्रेष्ठमा संक्रमण देखिए पछि उनको पनि स्वास्थ्य परीक्षण गर्दा चैत्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

खबर एक्सप्रेस