आज:  | Sat, 20, Apr, 2024

कोरोना संक्रमित अर्का युवा पनि स्वास्थ्य लाभ गरी घर फर्के

२०७७, १३ बैशाख शनिबार १८:२० मा प्रकाशित ( ३ साल अघि) २३०९६ पाठक संख्या

काठमाडौं, वैशाख-१३
कोरोना भाइरस कोभिड-१९ लाई जितेर चितवनका २७ वर्षीया युवा आज शनिबार स्वास्थ्य लाभ गरी डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङ गर्दै सो कुरा जानकारी गराईएको छ।

योसँगै कोभिड-१९ लाई जितेर स्वास्थ्य लाभ गरी घर फर्किनेको संख्या १२ जना पुगेका छन्।

उनमा कोभिड-१९  देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई जनामध्ये २७ वर्षका युवा कोरोना भाइरसमुक्त भएका छन्। दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको बताइएको छ।

उनी गत चैत ३ गते बेलायतबाट हङकङ हुँदै नेपाल आएका हुन्।

खबर एक्सप्रेस