आज:  | Mon, 26, Feb, 2024

तत्काल राजीनामा दिनुस् र बालकोट गएर बस्नुस् त्यसैमा तपाईको भलो हुन् : बामदेव गौतम

२०७७, १३ बैशाख शनिबार २३:५० मा प्रकाशित ( ३ साल अघि) २११७४ पाठक संख्या

काठमाडौं, वैशाख-१३

प्रधानमन्त्री केपी ओलीले गत हप्ता दुई अध्यादेश ल्याएपछी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद तिब्र बन्दै गएको छ । अध्यादेश फिर्ता लिएपनी बिबाद यथावत छ । यसैबिच पार्टीमा स्थायी समिति बैठककोे माग भइरहेको छ ।

प्रधानमन्त्रीले छलफलका लागि शनिबार साँझ बालुवाटारमा नेताहरुलाई बोलाएका थिए। छलफलका बिच प्रधानमन्त्री ओली र बामदेव गौतमबीच चर्काचर्की भएको छ।

नेता गौतमले ओलीलाई बेठिक समयमा अध्यादेश ल्याएर पार्टी र सरकारकै बद्नाम भएको भन्दै अब तत्काल राजीनामा दिनुस् र बालकोट गएर बस्नुस् त्यसैमा तपाईको भलो हुन्छ भनेर ओलीलाई सुझाव दिए । यो सुझाव सुनेर आगो भएका ओलीले यसको हिसाव किताव राम्रैसँग गर्ने जवाफ फर्काए यतीसम्म विवाद भयोकी एकले अर्कोलाई हैसियत देखाउने सम्मका अभिव्यक्ति दिए । 

प्रधानमन्त्रीले पाटीभित्रैबाट यस्तो ठुलो षडयन्त्र हुन्छ भन्ने मैले सोचेको पनि थिएन म कुनै हालतमा राजीनामा दिन्न सक्नुहुन्छ भने हटाएर देखाउनुस् भनेर जबाफ दिए । 

खबर एक्सप्रेस