आज:  | Fri, 19, Apr, 2024

फेसबुकको आर्कषक भिडियोकल सुविधा

२०७७, १४ बैशाख आईतवार १३:३५ मा प्रकाशित ( ३ साल अघि) २४०२६ पाठक संख्या

ऐजेन्सी
सामाजिक संजाल फेसबुकले अब भिडियोकल सम्बन्धि नयाँ सेवा शुरु गर्न लागेको छ । अहिलेको भिडियोकल सुबिधालाई परिमार्जित गरी फरक बिशेषता सहित नयाँ सेवा, सुबिधा दिन लागेको बताएको छ ।
म्यासेन्जर रुम नाम दिएर उत सेवा दिन लागेको फेसबुकले बताएको छ । त्यस्तो सेवामा एकपटकमा ५० जनासम्मले भिडियोकलमा कुरा गर्न सक्नेछन् । यो सुबिधामा बैठक अन्तरक्रिया गर्ने गरी रुम बनाईएको छ ।
कुनै एक ब्यतिले म्यारेन्जर रुम बनाएर कुराकानी गर्न सकिने छ भने यसको कुनै समय सिमा तोकिएको छैन फेसबुक आईडि नभएकाहरु पनि म्यारेन्जर रुममा जोडिएर कुराकानी गर्न सक्नेछन् उत भिडियोकलमा सबै कुराकानी सबैलाई थाह हुने गरी नचाहेको ब्यतिलाई हटाउन मिल्ने गरीपनि सुबिधा थपहुने बताईएको छ । यसमा गोपनियता र सुरक्षालाई अझ निकै बिचार गरीएको फेसबुकले बताएको छ । यो सुबिधा केही देशमा यसैहप्ता र बाँकी देशमा बिस्तारै गर्दै जानेपनि फेसबुकले बताएको छ ।

खबर एक्सप्रेस