आज:  | Thu, 22, Feb, 2024

थप दुईजनामा कोरोना पुष्टि

२०७७, १४ बैशाख आईतवार १३:४५ मा प्रकाशित ( ३ साल अघि) १८९७३ पाठक संख्या

वीरगञ्ज, वैशाख १४ गते

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्साको वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १६ जना स्वास्थ्यलाभ गरी घर फर्केका छन्।
वीरगञ्ज महानगरपालिका ३ र १६ का दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षण गर्ने क्रममा सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित भेटिएको छ । भने अर्को एकजना सम्भावित संक्रमितका रुपमा क्वारेन्टिनमा राखिका ब्यतिहुन । संक्रमणको पुष्टि भएपछि दुबैजनालाई नारायणी अस्पताल भर्ना गरिएको छ ।

खबर एक्सप्रेस