आज:  | Tue, 20, Feb, 2024

हिमानी ट्रष्टको सहयोग

२०७७, १४ बैशाख आईतवार १४:१२ मा प्रकाशित ( ३ साल अघि) २५४२१ पाठक संख्या

काठमाडौ, वैशाख १४ गते

हिमानी ट्रष्टले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई अत्यावश्यक सुरक्षा सामग्रीहरु पिपिई, मास्क, पञ्जा, स्यानीटाईजर लगायत वितरण गरेको छ । आज हिमानी कोषले काठमाण्डौ मेडिकल कलेजलाई आवश्यक सामग्रीहरु प्रदान गरेको छ । हिमानी कोषकी उपाध्यक्ष प्रेरणा राज्यलक्ष्मी देवी सिंहले उक्त सामग्रीहरु हस्तान्तरण गरेकी हुन। साथै सोही कार्यक्रममा २० संचारकर्मीलाई समेत आपतकालिन समयमा आवश्यक  पर्ने सामाग्री प्रदान गरिएको छ ।

राहत वितरणकालागि कोषको कार्यालय बालुवाटारमा राखिएको कार्यक्रममा बोल्दै काठमाण्डौ मेडिकल कलेजकी प्रमुख प्राध्यापक डा. चन्दा कार्कीले नेपालमा समाजसेवा प्रति राजसंस्थाले खेलेको भुमिका अतुलनीय भएको स्मरण गर्दै हिमानी ट्रष्टलाई धन्यबाद दिएकी छन्।

सोही कार्यक्रममा बोल्दै हिमानी कोषकी कोषाध्यक्ष शिताष्मा राज्य लक्ष्मीदेवी शाहले हिमानी कोषले देशका नागरिकलाई असजिलो परेका समयमा सधैँ तत्परताका साथ सहयोग गरेको र कोभिड १९ का कारण उत्पन्न महामारी विरुद्धपनि कोषले उत्तिकै सहयोग गरिरहेको र अझपनि भोक र रोगबाट ग्रसितहरुलाई आवश्यक खाद्यान्न र औषधी उपचारमा समेत सहयोग जारी राख्ने बताएकी छन्।

खबर एक्सप्रेस