आज:  | Sat, 20, Apr, 2024

लकडाउन बैशाख २५ गतेसम्म

२०७७, १४ बैशाख आईतवार १९:११ मा प्रकाशित ( ३ साल अघि) २०९२६ पाठक संख्या

काठमाडौं, बैशाख १४ गते
मन्त्रिपरिषद बैठकबाट लकडाउनलाई बैशाख २५गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।
शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनबारे विश्लेषण गर्दे एकहप्ता थप गर्न सरकारलाई सुझाएको थियो ।

कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले गएको चैत ११ गतेदेखी लकडाउनलाई निरन्तरता दिदै आएको छ । उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य हवाइ उडान माथिको रोक भने जेठ २ गतेसम्म कायम सुझाब दिए अनुसारै सरकारले निर्णय गरेको छ ।

खबर एक्सप्रेस