आज:  | Sat, 20, Apr, 2024

पूर्वसचिब उपाध्यायलाई साइबर क्राइमको मुद्दा

२०७७, १४ बैशाख आईतवार १५:३३ मा प्रकाशित ( ३ साल अघि) २०१२० पाठक संख्या

काठमाडौं, वैशाख १४ गते

सामाजिक संजाल फेसबुक र टवीटरमाा सरकारका बिरुद्ध लेखेको आरोपमा नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता भएको छ ।
प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको हो । उनलाई ५ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर भएको जिल्ला अदालतका श्रेश्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
उनलाई सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा बैशाख १० गते साँझ ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।

खबर एक्सप्रेस