आज:  | Tue, 20, Feb, 2024

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे लेखा समितिले थाल्यो अनुसन्धान

२०७७, १४ बैशाख आईतवार १६:१४ मा प्रकाशित ( ३ साल अघि) १७७०२ पाठक संख्या

काठमाडौं, वैशाख १४ गते

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे ब्यापक बिरोध आएपछि छानबिन थालनी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई पत्र लेखेको छ । स्वास्थ्य सामग्री खरिदसम्बन्धिका सम्पूर्ण कागजातहरु ७ दिनभित्र बुझाउन निर्देशन समेत दिएको छ।
मन्त्रालयको निर्देशनमा स्वास्थ्य बिभागले नियमित टेण्डर प्रक्रिया रद्द गरी छलफलबाट सोझै औषधि आपूर्ति गर्न ओम्नी समूहलाई जिम्मेवारी दिएको थियो ।  प्रकृया मिचेर बजार मूल्यभन्दा धेरै महंगोमा स्वास्थ्य सामाग्री खरिद भएको भन्दै चौतर्फीरुपमा आलोचना भएपछि खरिद रद्द भएको थियो ।

खबर एक्सप्रेस