आज:  | Sat, 20, Apr, 2024

कोरोना संक्रमित थप चारजना स्वास्थ्यलाभ गरी घर फर्के

२०७७, १४ बैशाख आईतवार १६:३८ मा प्रकाशित ( ३ साल अघि) २३००३ पाठक संख्या

काठमाडौं, वैशाख १४ गते

कोरोना संक्रमित थप चार जना स्वास्थ्यलाभ गरी कोरोनालाई जितेर घर फर्किएका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार स्वास्थ्यलाभ गरी घर फर्किएका हुन् । उनीहरु छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक रहेका छन् । उनीहरुको पछिल्लो रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनालाई जितेर स्वास्थ्यलाभ गरी घर फर्किनेको संख्या १६ पुगेको छ ।
हाल धनगढीमा १ जना,भरतपुरमा १ जना , वीरगन्जमा ३ जना र विराटनगरमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको र सबैको अवस्था सामान्य स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।  नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

खबर एक्सप्रेस