आज:  | Sat, 20, Apr, 2024

सगरमाथा राष्ट्रिय निकुञ्जभित्र सातवटा कस्तुरीमृग र एक ठूलो गिद्ध

२०७७, १५ बैशाख सोमबार २२:२१ मा प्रकाशित ( ३ साल अघि) ३०६९१ पाठक संख्या

काठमाडौँ, बैशाख १५ गते

सगरमाथा राष्ट्रिय निकुञ्जभित्रको क्याङ्जु क्षेत्रमा शिकारीले पासो थापी सातवटा कस्तुरीमृग र एक ठूलो गिद्ध मारेको अवस्थामा भेटिएका छन् ।
लकडाउनको मौका छोपी शिकारीले पासो थापी सात वटा कस्तुरीमृग र एउटा गिद्धलाई मारेको अवस्थामा क्याङ्जु जंगल क्षेत्रमा फेला पारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिएका छन् । मृत भेटिएको कस्तुरीमृग मध्ये तीनवटाको ‘बिना’ शिकारीले लिएर गएको बाँकीको अवस्था बारे बुझदा एउटा कस्तृरीमृग ‘बिना’ सहित मृत अवस्थामा भेटिएको बाँकी कुहिएको अवस्थामा भएकाले शिकारीले ‘बिना’लगेको हो वा पोथी हुन् भन्ने कुरा अझै नखुलेको बताए ।
सगरमाथा राष्ट्रिय निकुञ्जको मूख्य क्षेत्रभित्र दर्जनौँ बस्ती रहेका छन् । तीमध्यखुम्बु पासाङ गाउँपालिका पनि निकुञ्जभित्र नै छ । सो गाउँपालिकाका खुम्जुङ,लौशाशा, खुन्दे, नाम्चे, त्याङबोचे गाउँ यो क्षेत्रमा पर्छन । आइतवार त्याङ्बोचे गाउँकी एक महिला जंगलमा निगालो काट्न जाँदा पासोमा कस्तुरीमृग मरेको देखेपछि निकुञ्ज र सेनालाई खबर गरेको थिईन ।

खबर एक्सप्रेस