आज:  | Thu, 22, Feb, 2024

राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिन फिङबीच टेलिफोन वार्ता

२०७७, १५ बैशाख सोमबार २३:१६ मा प्रकाशित ( ३ साल अघि) २२१०४ पाठक संख्या

काठमाडौं, बैशाख १५ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिन फिङ बीच टेलिफोन वार्ता भएको छ ।हाल विश्वमा कोरोना भाइरको संक्रमणले पारेको असरका बारेमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई राष्ट्रपतिबीच भएको कुराकानीमा सम्बन्धि देशका सरकारले चालेका कदमका बारेमा पनि छलफल भएको थियो ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोरोना विरुद्ध लड्न विश्वमा कारोनासँग संघर्ष गरी रहेका मुलुकहरुलाई चीनले पु-याएको सहयोगको प्रशंसा गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसको प्रतिउत्तरमा चिनियाँ राष्ट्रपतिले नेपालमा सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न लिएको चुस्त र दरिलो नीतिको प्रशंसा गर्नुका साथै यसको नियन्त्रणका लागि चिनियाँ सरकारले सहयोग जारी राख्ने विश्वास दिएको जानकारी गराईएको छ ।
चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली मृर्गौला प्रत्यारोपण पूरा गरी काममा फर्कनु भएकोमा खुशी व्यक्त गर्नुका साथै उहाँको सुस्वास्थ्यको कामना गर्नु भएको थियो ।

खबर एक्सप्रेस