आज:  | Tue, 20, Feb, 2024

भोलि नेकपाको सचिवालय बैठक बस्दै

२०७७, १६ बैशाख मंगलवार ११:०४ मा प्रकाशित ( ३ साल अघि) १२८६६ पाठक संख्या

काठमाडौँ, वैशाख १६ गते ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय र स्थायी समितिको बैठक बोलाउने सहमति भए अनुसार सचिवालय बैठक भोलि साँझ ५ बजे बोलाइएको छ ।

सचिवालय बैठकले नै स्थायी कमिटीको बैठक बोलाउने निर्णय गर्न सक्ने बताईन्छ । यसअघि स्थायी कमिटीका २० जना सदस्यले बैठकको माग गरी पार्टी अध्यक्षलाई लिखित पत्र दिएका थिए ।
सोमबार नै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको थियो । त्यसपछि नेता नेपालको निवास कोटेश्वरमा पनि शीर्ष नेताहरूको बीचमा छलफल भएको थियो ।

खबर एक्सप्रेस