आज:  | Mon, 15, Apr, 2024

आयरल्याण्डका प्रधानमन्त्री डाक्टर पेशामा फर्किए

२०७७, १७ बैशाख बुधबार ०८:०८ मा प्रकाशित ( ३ साल अघि) १३२३८ पाठक संख्या

आयरल्यान्डका प्रधानमन्त्री लियो वरडकर कोरोना संकटको बेला फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरूसँग नजिकबाट काम गरिरहेका छन्। प्रधानमन्त्री वरदकर राम्रो डाक्टर पनि हुन् र यो कठिन समयमा उनी आफ्नो पुरानो पेशामा फर्केका हुन। 

लियो वराडकर, जहिलेपनी औपचारिक सूट र टाईमा देखिन्छन्, तर मंगलबार उनी डाक्टरको पोशाकमा स्वास्थ्यकर्मीहरूसँगै कोरोना भाइरस परीक्षणको लागि मद्दत गरेको अवस्थामा देखिएका छन् ।उनका यि तस्बिर अहिले भाइरल भइरहेको छ । 

आयरल्याण्डका प्रधानमन्त्री लियो वरदकरले ७ बर्ष डाक्टरको काम गरेका थिए । उनी राजनीतिमा आएपछी २०१३ मा उनले मेडिकल रजिस्टरबाट आफ्नो नाम हटाएका थिए । कोरोनाभाइरसको संकट बढेपछी गत मार्चमा चिकित्सकको रूपमा पुन: दर्ता गरेका थिए । कोरोनाभाइरसको संकटमा सहयोग गर्न हप्ताको एक सिफ्टमा काम गर्ने उनको कार्यालयले जनाएको थियो ।

आयरल्यान्डमा अहिलेसम्म करोना भाइरसको कारण १,११९ जनाको मृत्‍यु भैसकेको छ।

खबर एक्सप्रेस