आज:  | Tue, 20, Feb, 2024

आज चार जनामा सङ्क्रमण भेटियो

२०७७, १७ बैशाख बुधबार १७:५१ मा प्रकाशित ( ३ साल अघि) १२६१८ पाठक संख्या

काठमाडौ, वैशाख १७ गते 

कोभिड–१९ को परीक्षणमा थप चार जनामा सङ्क्रमण भेटिएको छ । काठमाडौको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको छ ।

चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । उनका अनुसार सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए ।

अब सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने ति मध्य स्वास्थ्यलाभ गरी १६ जना घर फर्कीसकेका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन् । 

खबर एक्सप्रेस