आज:  | Sat, 20, Apr, 2024

नेकपाको सचिवालय बैठक सम्पन्न प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा माग

२०७७, १७ बैशाख बुधबार २१:०७ मा प्रकाशित ( ३ साल अघि) १६८९६ पाठक संख्या

काठमाडौं, बैशाख १७ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।

बैठकमा सचिवालयका अधिकांश सदस्यहरुले प्रधानमन्त्रीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरे भने तत्काल स्थायी समिति बोलाउन समेत माग गरे तर प्रधानमन्त्री ओली राजीनामा पनि नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा रहेको बुझिएको एक सचिवालय सदस्यले बताए।

आजको बैठकमा बिबाद भएपछी कुनै पनि निर्णय हुननसकेको र आगामी २० गतेलाई अर्को बैठक बोलाइएको छ ।

खबर एक्सप्रेस