आज:  | Tue, 20, Feb, 2024

बलिउडका अर्का हस्ती ऋषि कपुरको निधन

२०७७, १८ बैशाख बिहीबार १०:३९ मा प्रकाशित ( ३ साल अघि) ४७४६२ पाठक संख्या

गएको दुई दिन देखि बलिउडमा एक पछी अर्को हस्तिको मृत्युको खबरले बिश्व सिनेमा क्षेत्र शोकमा डुबेकोछ । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा आज बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वास सम्बन्धी समस्या थियो । अमेरिकामा करिब एकवर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुईपटकसम्म अस्पताल भर्ना गर्नुपरेको ।

सन् १९५२ मा भारतको मुम्बई स्थित चिम्बुरमा जन्मेका उनी भारतीय सिनेमा जगतका महान हस्तीमध्ये एकहुन् उनी असिको दशकका सुपरस्टार समेत हुन् चलचित्र अमर अकबर अन्थोनी, बोबि,दिवाना,चाँदनी,प्रेमरोग जस्ता सुपरहीट चलचित्र दिएका कपुर थिए।
ऊनी अहिलेका सुपरस्टार रणविर कपुरका पिता हुन्

खबर एक्सप्रेस